Thursday, August 20, 2009

बिवाह पछिको प्रेम

प्रेम पवित्र हु्न्छ तर बिवाह पछीको प्रेम घातक हुन्छ। केटा मानिसहरु कुनै पनि समयमा केटीहरुबाट आकर्षित भई प्रेममा बाधिन ठाल्छ । तर बिवाहित मानिसकालागी यस्तो प्रेम घातक हुने हुनाले हरेक स्वास्नीमानिसहरुले आआफ्नो बैवाहिक जीवनलाई बचाउन यस्तो स्थिती प्रती सगज रहनु पर्छ।
कुने पनि लोग्ने मानिस कुनै स्त्रीबाट आकर्षित भएपछी त्यसका लक्षणहरु देखापर्न थाल्छ जसबारेमा हरेक बिवाहित नारीले जान्नु जरुरी छ। यस्तो समस्यालाई समयमानै सुल्झाउन सकेन भने यसले हरेक बिवाहित मानिसको जीवनलाई तहस नहस बनाउन सक्छ। यसले बिवाहलाई पारपाचुकेमा बदल्न सक्छ तसर्ठ यसबारेमा ज्ञान हरेक नारीले राख्नुपर्ने हुन्छ।
बिवाह पछीको प्रेमले बिवाहित मानिसमा ल्याउने मुख्य परिवर्तनहरु:
कुने पनि मानिस जब कसैप्रती आकर्षित हुन्छ उसमा अनेकौ परिवर्तनहरु आउन थाल्छ। कहिले उ निक्कै खुशी देखिन्छ भने एकै छिनमा तनावग्रस्त देखिन्छ। साना साना कुराहरुमा चिडचिडापन देखिन्छ। सगै बसेर पनि कतै हराए हराए झै लाग्छ। घर आउने समयमा परिवर्तन आउन थाल्छ ।
नँया जोशमा पहिरनमा बढी ध्यान दिन थाल्छ। पहिले श्रीमतीको ईच्छामा लुगा किन्ने श्रीमान आफै लुगा किन्न थाल्छ। आफु आकर्षित बन्न दैनिक दाह्री काट्न थाल्छ, आफ्टर सेभ तथा खुश्वुदार परफ्युम लगाउन थाल्छ अनि सोच्नुस कही कही गडबढी अवश्यम्भावी छ । यस बाहेक बाहिर जानु अगाडी धेरै समय ऐनाको अगाडी उभिन थाल्छ अनी आफ्नो वजन प्रती सगज भइ व्यामतिरपनि आकर्षित हुन पुग्छ। घरमा मोबाइल फोन लुकाएर राख्न थाल्छ।
यी त हुन साधारण तथा शुरुका लक्षणहरु, कुनै अवस्थामा यी नियमहरु नमिल्न सक्छ तर धेरै जस्तो अवस्थामा यी लक्षणहरु देखा पर्न थालेमा तपाई सगज हूनु अति जरुरी छ।
यस पछी बिस्तारै स्वस्नीमा रुची कमी हुदै जान्छ। घरको खानामा दोषहरु निकाल्न थाल्छ। सामिप्यतामा कमी हुदैजान्छ अनि राती सधै रोमाण्टिक रहने लोग्ने अर्कातिर फर्केर सुत्न थाल्छ भने लाफ्नो श्रीमान कसैसंग निक्कै नजिकिसकेको छ भनेर जानी हाल्नुस।
यस बाहेक कतिपय अन्य ससाना परिवर्तनहरुपनि देखिन थाल्छ। खर्च बढ्दै जाने, केटाकेटी संग साना कुराहरुमा पनि रिसाउने, घरी घरी घडीमा आँखाजाने, कोठामा भन्दा छतमा जान रुचाउन थाल्ने, रिस नाममो टुप्पामा बस्न थाल्छ, सिरियलको चर्चा गर्ने जस्ता अनेकौ लक्षणहरु आउन थाल्छ।
यसबाट लोग्ने मानिसहरुले आफ्नो श्रीमती संग मानसिक तथा भावनात्मक रुपमा बिस्तारै टाढिन थाल्छन्। यसले पारिवारिक जीवनमा ठुलो घट्ना घटाउछ त्यसेले हरेक स्वास्नीमानिसहरुले आफ्नो श्रीमानमा यस्ता लक्षणहरु देखिन थालेमा समयमानै सगज रही यसबाट श्रीमानलाइ उम्काउन सक्नुपर्छ। यस्तो परिस्थितीमा संयमपुर्ण ढंगले समाधान खोजेनु अति जरुरी छ। रिस देखाएर, फकाएर, माँया गरेर मात्र यसको समाधान हुदैन। यसबाट बच्न लोग्ने मानिसहरुलाई केटाकेटीहरुसंग समय बिताउन लगाउने, उनीहरुको आवश्यकतालाई समयमानै बुझ्ने, परस्त्रीसंगको सम्बन्धबाट आउन सक्ने नकारात्मक परिणामबारे जानकारी दि राख्ने गर्नु पर्छ।

साभार

No comments:

Post a Comment