“प्रेम” आदम युग देखी हाल सम्ममा कैयन रुपमा प्रस्तुत भैसकेको छ । प्रेमको बारेमा कुरा शुरु गर्यौ भने त्यसमा शाररिक सम्बन्धबारे पक्कै चर्चा परिचर्चा हुन्छ। किनकी आजको युगमा शाररिक सम्बन्ध बिना पनि प्रेम हुन्छ भनेर कम मान्छेले मात्र सोचेको हुन्छ तर यस कलियुगमा पनि प्लेटोनिक प्रेम को निक्कै चर्चा हुन थालेको छ।
प्लेटोनिक प्रेम अर्थात शाररिक सम्बन्ध बिनाको प्रेम । हुन त हाम्रो समाजमा कतिपय बिपरित लिगंका मानिसहरु एक अर्का संग शाररिक सम्बन्ध बिना घनिष्ठ सम्बन्धमा बाधिएको देखेकै छौ । यस्तो संगतलाई समाजले पचाउन सकेको थिएन तर प्लेटोनिक प्रेमका बारेमा चर्चा चल्न थाले यस्तो सम्बन्धले सामाजिक मान्यता पाँउन नसक्ला भनेर भन्न सकिंदैन।
एक सच्चा मित्रको आवश्यकताले गर्दा यस्तो प्रेमको शुरुवात भएको हुनुपर्छ। मित्रता अर्थात एक अर्कासगको घनिष्ठता, हुन पनि यो सबैमा लागुहुनुपर्ने तर यस समाजमा बिपरित लिगंका मानिसहरु बिना यौन सम्बन्ध सच्चा मित्र हुन सक्छ भनेर मानिसहरुले कल्पनासम्म पनि गर्न सक्दैन। कार्यस्थल देखी घरसम्म मानिसहरुको संकुचित बिचारका कारण बिपरित लिगंका साथीको कुरा गर्न पनि हिचकिचाउछन्। यसरी कुनै असल मित्रको कुरा समेत गर्न नहुने समाजकालागी यो एक उदाहरण हुन सक्छ। यसले मानिसहरुमा मित्रता प्रतिको सकारात्मक कुराहरु अगाडी ल्याउन मद्धत गर्दछ तसर्थ हामी सबैले यस प्लेटोनिक प्रेमका बारेमा चर्चा गर्नुपर्ने अवस्था आईसकेको छ।
साभारः दैनिकी अनलाइन
Saturday, August 15, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment