महिलाहरू गर्भावती हुँदा शारीरिक र भावनात्मक दुबै किसिमका परिवर्तन भएका हुन्छन । अध्ययनले के देखाएको ५ भने, आम रूपमा पुरुषहरूलाई गर्भवती शरीर कामुक लाग्ने गर्छ । चिकित्सकहरूले गर्भधारण गरेको पहिलो तीन महिना अत्यन्तै संवेदनशील हुने भएकाले यो अवधिमा सावधानी अपनाउन सुझाव दिन्छन । यो अवधिमा यौन सम्बन्ध नराख्नु नै उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ । यो अवधिमा महिलामा भएको भावनात्मक परिवर्तन विचरणिय हुन्छ । केही महिलाको हर्मोन गडबडीका कारणले पनि यसअवधिमा यौन सम्बन् राख्नुमा अनिच्छा व्यक्त गर्छन । कतिपय महिलाहरू यो कार्यले पेटमा भएको बच्चालाई सोझै असर पार्ने सोच्छन तर यथार्थ त्यसो होइन । यसबीचमा योनी संवेदनशील भइरहेको हुन्छ । कतिपय महिलाहरूमा पहिलो तीन महिनामा अतिनै यौन इच्छा हुन्छ दोस्रो तीन महिने अवधिमा यो इच्छा विस्तारै कम हुँदै जान्छ । तर पछि विस्तारै त्यो फेरि सही ठाउँमा आइपुग्छ ।

पहिलो तीन महिनामा भरखरै बच्चा बसेकाले पाठेघरमा विशेष किसिमको रसायन उत्पन्न हुन्छ । त्यही भएर कतिपय प्रशुति विशेषज्ञहरूले गर्भावस्थाको पहिलो १५ हप्तासम्म यौन सम्बन्ध राख्ने कार्य वर्जित गर्नुनै उपयुक्त हुने धारणा राख्छन ।
एउटा कुरा के स्पष्ट छ भने कि सम्भोग र कामुकता फरकफरक विषय भएकाले महिलाहरूले सोझै यौन क्रिडामा संलग्नता नजाइ पनि यौन कार्यमा सहभागिता जनाउन सक्छन । यस्तो अवस्थामा चुम्बन गर्ने,अंगालो मार्ने, एक अर्कालाई सुम्सुम्याउने, चलाउने कार्यबाट पनि महिलाहरूले आनन्द लिन सक्छन ।
शारिरीक सम्बन्धका लागि स्थिति:
गर्भवती महिला वास्तवकै अत्यन्तै संवेदनशील अवस्थामा हुन्छन । त्यसैले गर्भावती महिलासँग यौन सम्बन्ध राख्नका लागि अत्यन्तै संवेदनशील हुनु पर्छ । प्रशुती विशेषज्ञहरु यस्तो अवस्थामा महिलामाथि र पुरूष तल भएको अवस्थालाई सुरक्षित पोजिसन मान्छन । पुरुषमाथि चढ्दा पेटमा दबाब पर्ने विज्ञहरुको भनाइ छ, जसले महिलालाई पीडा हुन्छ । विज्ञहरू यतिखेर मुख मैथुनलाई पूर्ण बर्जित नै गर्छन । हरेक पुरुषले यतिखेर आफ्नो साथीको शारिरीक संवेदनशीलताको कदर गर्नु पर्छ ।
साभारः दैनिकी डट कम
No comments:
Post a Comment