Sunday, January 31, 2010

यौनमा महिला-पुरुष एउटै सोच्दैनन्

काठमाडौ, २०६६ माघ १६,

नयाँ अध्ययनअनुसार पुरुष र महिलाको यौन मानसिकतामा अनेकौं फरकपन हुन्छन् । ओछ्यानमा दुवैको फरक-फरक रुचि हुन्छन् । एउटा पुरुषको शरीरले यौन उत्तेजनाको अनुभूति गर्दा सदैव त्यसको प्रतिक्रिया दिन्छ, जबकि यस्तो प्रतिक्रिया केही महिलाले मात्रै दिन्छन् । अध्ययनमा सन् १९६९ देखि सन् २००७ सम्म दुई हजार पाँच सय महिला र एक हजार ९ सय पुरुष सामेल गराइएको थियो । अनुसन्धानमा संलग्नलाई विभिन्न कामोत्तेजक गतिविधिको समय र त्यसपछि उनीहरू कति उत्तेजनाको अनुभव गर्छन् ? प्रश्न सोधिएको थियो । जवाफलाई उनीहरूको यौनांगमा रगतको बहावबाट नापिएको मानसिक प्रतिक्रियासँग तुलना गरिएको थियो ।

पुरुषको आत्मगत र मानसिक प्रतिक्रिया एक-अर्कासँग धेरै हदसम्म मेल खाएको पाइयो, जबकि धेरैजसो महिलाको शरीर र मनबीच परस्पर विरोधाभास देखियो । केही महिलाले कुनै भौतिक परिवर्तन बिनासमेत उत्तेजनाको अनुभूति गर्ने बताए भने अन्यले शारीरिक संकेत स्पष्ट रूपमा देखिँदासमेत उत्तेजना नआउने बताए । पुरुषमा यस्तो विरोधाभास धेरै कम हुनेगर्छ । क्विन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मानिसको आत्मगत अनुभव र कामोत्तेजनाले उनीहरूको यौनागिंक प्रतिक्रियालाई कुन हदसम्म जाहेर गर्छ भन्न पत्ता लगाउने कोसिस गरेका थिए ।

घरमै काम गर्नेले बढी सेक्स गर्छन् अमेरिकामा गरिएको अध्ययनअनुसार घरमा बढी काम गर्ने दम्पती यौनक्रियामा पनि बढी नै सामेल हुन्छन् । अनुसन्धानअनुसार जुन दम्पती घरमा सफाइ आफैं गर्छन् उनीहरू अरूको दाँजोमा १५ पटक बढी यौन क्रिया गर्छन् । यो नतिजामा पुग्न अध्ययनमा सात हजार दम्पतीको अन्तर्वार्ता लिइएको थियो । उनीहरूलाई घरमा काम गर्ने बानी र यौन जीवनबारे सोधिएको थियो । घरमा बढी काम गर्ने पुरुष वा महिलाले यौनको बढी आनन्द उठाउने पनि अध्ययनले बताएको छ । अध्ययन सबै आयु वर्गका विवाहित अमेरिकीबीच गरिएको थियो । उनीहरूसँग पछिल्लो महिना कतिपटक सम्बन्ध कायम गरिएको र घरको नौवटा काम गर्न कति समय बिताएको भन्ने प्रश्न सोधिएको थियो । अध्ययनअनुसार वर्षमा ८३ पटक यौन सम्बन्ध राख्ने दम्पतीमा श्रीमती सातामा ४२ घन्टा र श्रीमान् २३.४ घन्टा घरमा काम गर्छन् । एउटा मामिलामा श्रीमतीले १६ घन्टा र श्रीमान्ले २ घन्टा मात्र घरको काम गरेका थिए । यी दुवैले वर्षमा ३६ पटकमात्र यौन सम्वन्ध राखेका थिए ।

साभारः कान्तिपुर अनलाइन

No comments:

Post a Comment