Saturday, July 25, 2009

प्रेमका लागी

प्रेममा होस वा बिवाहपछि, एक अर्काका लागी चकलेट दिने गर्नुहोस। प्रेममा होस वा बिवाहपछि एक अर्काका लागी फुल दिनेगर्नुहोस, एक अर्काको तारिफ गर्ने गर्नुहोस,कहिले काँही एक अर्काको हात समात्ने गर्नुहोस, कहिलेकाँही अकस्मात घुम्न जाने योजना बनाइ घुम्न जानुहोस। एक अर्काको नातेदारहरूलाइ आदर, सम्मान गर्नुहोस, एक अर्काको महत्वपुर्ण दिनहरु सम्झेर शुभकामना दिने गर्नुहोस। घरमा कार्यालयको कुरा बिर्सिनुहोस। समय समयमा उपहार दिने गर्नुहोस। रोमाञ्चक फिल्महरू हेर्ने गर्नुहोस। स‌ंगै मन्दिर जाने गर्नुहोस। एक अर्काको लागी पर्याप्त समय दिनुहोस। सफाइमा ध्यान दिनुहोस। संगै फुर्सतको समय निकालेर बजार जाने गर्नुहोस। एक अर्काको गल्तिहरुलाइ बिर्सने गर्नुहोस। एक अर्काको आवश्यकताको ख्याल गर्ने गर्नुहोस।
घरमा भएको बखत भान्छामा कहिलेकाँही सघाउन जाने गर्नुहोस। भविष्यको बारे समय समयमा छलफल गर्ने गर्नुहोस। एक अर्कास‌ँग जिस्कने गर्नुहोस। एक आपसमा अर्को हनिमुनको तयारी गर्नुहोस।

साभार दैनिकी अनलाइन
तस्विरः नेपाली ग्ल्यामर्स डट.कम

No comments:

Post a Comment