Saturday, May 16, 2009

सफल बिवाहित जीवनका लागि केहि उपायहरु

एक अर्का संग खुलेर कुरा गर्नुहोस। कुरा लुकाउने बानीले एक अर्कामा अविश्वास पैदा गर्छ। सानो सानो खुशीको अवसरलाई एक अर्का संग बाड्नुहोस। आफ्नो गल्ती स्विकार गर्न कहिले पनि पछाडी नहट्नुहोस।
कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस। बोली सकेपछि पछुताउनु नपरोस। कहिलेकाँही एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस। एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ। आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस । यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस । कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस । एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।
एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस । समय समयमा घुम्ने गर्नुहोस । एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस । एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस ।

साभार दैनिकी अनलाइन
तस्विरः उदय/मनिला सोताङ

No comments:

Post a Comment